+

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो

२४ असार २०८३, बुधबार २१:०६

कङ्गो लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) म एक हजार ७०० भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको जनाउदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएकोे चेतावनी दिएको छ ।

कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएकासहित एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको रिपोर्ट गरेको अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदन अनुसार इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर सङ्क्रमण, मृत्युको बढ्दो सङ्ख्या र स्वास्थ्य क्षेत्रहरूमा सङ्क्रमणको फैलावटले गर्दा कङ्गो प्रकोप तीव्र हुँदै गएको पुष्टि गरेको छ ।

कङ्गोमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ । कङ्गोका लागि डब्ल्यूएचओका प्रतिनिधि एनी एन्सियाले इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँगको साक्षातकारमा यस्तो चेतावनी दिएका हुन् ।

डब्ल्यूएचओको प्रतिवेदनले उपचारका लागि भर्ना हुनु भन्दा अघि भएका भएका सङ्क्रमित मृत्युहरू प्रमुख चिन्ताको विषय बनेको जनाउदै यसले सङ्क्रमण पत्ता लगाउन, ढिलाइ हुने सुझाव दिएको छ ।

प्रतिवेदनका आुसार आइतबार सम्म अनुसन्धान गरिएका ४३० सङक्रमित मृत्युहरू मध्ये, ३९७ जनाा भर्ना हुनु अघि भएको थियो ।

यद्यपि, पुष्टि भएका केसहरू मध्ये ३२.४ प्रतिशत मात्र सम्पर्क फलो–अप मार्फत पत्ता लगाइएको थियो, जसले ज्ञात सम्पर्क सूची बाहिर धेरै संक्रमणहरू र “निगरानीमा चलिरहेको सङ्केत गर्दछ ।

सरकारको नेतृत्वमा गरिएको प्रतिक्रियाको समर्थनमा, डब्ल्यूएचओ टोलीहरूले प्रत्येक संक्रमणको इतिहासको पुनर्निर्माण गर्न काम गरिरहेको एन्सियाले बताए ।

गत मे –१५ मा घोषणा गरिएको प्रकोपले मुख्यतया पूर्वी कङ्गोका इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूलाई असर गरेको जनाइएको छ ।

कङ्गोमा २२ वटा भन्दा बढी इबोला उपचार केन्द्र र हेरचाह सुविधाहरूमा लगभग ७०० उपचार बेडहरू रहेको डब्ल्यूएचओ रिपोर्ट गरेको छ ।

अन्सियाले उपचार केन्द्रहरू सङ्कटमा रहेको र इटुरी प्रान्तका सबै आवश्यकताहरू हाल पूरा गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

डब्ल्यूएचओका अधिकारीहरूले किन्शासामा परीक्षण क्षमता प्रति दिन लगभग ३० परीक्षणबाट तीव्र गतिमा बढेर प्रति दिन दुइ हजार भन्दा बढी पुगेको र प्रभावित प्रान्तहरूमा स्थापित १० वटा विकेन्द्रीकृत प्रयोगशालाहरू खोलिएको एन्सियाले बताए ।

पूर्वी डीआरसीमा व्यापक मानवीय आपतकालले पनि प्रतिक्रिया जटिल बनाएको र असुरक्षा, विस्थापन, खराब पानीको पहुँच र कमजोर स्वास्थ्य पूर्वाधारले रोगहरूको जोखिम बढाएको जनाइएको छ ।

अफ्रिका सीडीसी र साझेदारहरूले स्वास्थ्य र मानवीय आवश्यकताहरू समेट्ने व्यापक प्याकेजमा इबोला प्रतिक्रियामा केन्द्रित प्रारम्भिक अनुरोधबाट उनीहरूको कोष अपील विस्तार गरेको र विस्थापन, सरसफाई र असुरक्षालाई सम्बोधन गर्न गरी सङ्कटहरू नियन्त्रण गर्ने प्रयास गरिएको जनाइएको छ ।

स्वास्थ्यसँग सम्बन्धित मानवीय पक्षहरूको उचित सम्बोधन गरेमा इबोला मात्र नभई झाडा पखाला हैजा लगायतका रोगहरुकको समेत रोकथाम गरेको जनाइएको छ ।

हाल फैलिएको प्रकोप बुन्डिबुग्यो इबोला भाइरसको सङ्क्रमणको कारणले भएको र जसका लागि हाल सम्म कुनै पनि स्वीकृत खोप वा विशिष्ट उपचार पत्ता नलागेको जनाइएको छ।

डब्ल्यूएचओद्वारा प्रायोजित सम्बन्धित पक्षको क्लिनिकल परीक्षण बिहीबार डीआरसीमा आधिकारिक रूपमा सुरु गरिएको थियो, जुन बुन्डिबुग्यो प्रजातिले गर्दा हुने रोगका लागि उपचारको मूल्याङ्कन गर्ने पहिलो क्लिनिकल परीक्षण भएको जनाइएको छ ।