काठमाडौं। कतारको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटघाटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणको उद्देश्य र कार्यसूचिका बारेमा राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट शोक समवेदना व्यक्त गर्न आजै कतारतर्फ प्रस्थान गर्दै छन्।
भ्रमणका क्रममा उनले कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई भेटेर राष्ट्रपति पौडेलको तर्फबाट पठाइएको औपचारिक शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।


