+

इरानी मिसाइलको भग्नावशेषले लाग्दा एक बालक घाइते : कतार

१ श्रावण २०८३, शुक्रबार २२:०८

कतारको सेनाले शुक्रबार इरानले गरेको मिसाइल आक्रमण रोकेको र आकाशमा नै छेदन गरिएको मिसाइलको टुक्राले लाग्दा एक बालक घाइते भएको बताएको छ ।

रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “सशस्त्र सेनाले कतारलाई लक्षित गरेको मिसाइल आक्रमणलाई रोकेको छ।“

मिसायललाई आकाशमा नै रोकी छेदन गरिएको तर त्यसबाट खसेको भग्नावशेषबाट एक बालक घाइते भएको कतारको गृह मन्त्रालयले रिपोर्ट गरेको छ ।

इरानले संयुक्त राज्य अमेरिकासँगको शत्रुतापूर्ण सम्बन्ध जुलाई ७ देखि पुनः सुरु भएपछि धेरै गल्फ देशहरूलाई लक्षित गरेको छ र अमेरिकी सैन्य शिविरहरूलाई लक्ष्य बनाएको दाबी गरेको छ ।

अमेरिकासँगको वार्तामा पाकिस्तानसँगै मध्यस्थकर्ताको भूमिकामा रहेको र मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधार रहेको कतारलाई अप्रिलको युद्धविरामपछि गत आइतबार पहिलो पटक लक्षित गरिएको थियोे ।