+

माष्टर थापाद्धारा सामाजिक न्यायसम्बन्धी केन्द्रीय मन्त्री रामदास आठवलसंग छलफल

११ श्रावण २०८३, सोमबार ११:००

मुम्वई । भारतका ख्यातिप्राप्त समाजसेवी बालासाहेब ठाकरेका निजी पुरोहित मास्टर थापा गुरुजीले सामाजिक न्यायसम्बन्धी केन्द्रीय मन्त्री श्री रामदास आठवलसंग २५ जुलाई २०२६ मा भेटवार्ता गरी पीडितलाई न्याय दिन पहल गरेका छन ।

सामाजिक न्यायसम्बन्धी केन्द्रीय मन्त्री श्री रामदास आठवललाई भेटेर हालै रेलमा हत्या गरिएका २२ वर्षीय युवक मयंक लोहारको घटनाबारे न्यायोचित छानबिन र आवश्यक कारवाहीका लागि विशेष आग्रह गरेका छन ।

उक्त भेटमा हत्या गरिएका युवक मयंकका बुबा पनि उपस्थित रहेका थिए । मन्त्रीसंगको भेटवार्ता र छलफलपछि माष्टर थापाले भने,  हामीले मन्त्रीज्यूसँग दोषीलाई मृत्युदण्डको सजाय सुनिश्चित गर्न र मुद्दालाई फास्टट्र्याक अदालतमा स्थानान्तरण गर्न अनुरोध गर्‍यौं। मन्त्री आठवले यस विषयमा सकारात्मक हुनुभयो र पीडित परिवारलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने आश्वासन दिनुभयो।

भारतमा रहेका प्रवासी नेपालीहरुका दुखका सारथि समाजसेवी माष्टर थापाको यो पहलले पीडितलाई न्यायको आशा जगाएको छ ।