No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रिलायन्स स्कुल, कलेजका महिला कर्मचारीले मनाए तीज

0

काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सन्चालित स्कुल कलेजका महिला कर्मचारीले तीज कार्यक्रम गरेका छन् ।

रिलायन्स संस्कृति विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य मिना पोखरेल ( पराजुली ) रहेकी थिइन् ।

रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाको स्वागत मन्तब्यबाट शुरु भएको तीज कार्यक्रममा नेटवर्कका बोर्ड अफ डाइरेक्टर राजुकुमार शिवाकोटीले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कपन भेगका प्रसिद्ध समाजसेवी महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको रिलायन्स सस्कृति विभागका सदस्यसचिव गोविन्द ढकालले जानकारी दिए।

रिलायन्स पब्लिक स्कुलका मिडल स्कुल कोअर्डिनेटर सुष्मा तामाङले उक्त कार्यक्रम सन्चालन गरेकी थिइन् । कार्यक्रममा सन्देशमूलक नृत्य, गी आदि प्रस्तुत गरिएको थियो । कार्यक्रममा २७३ जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार १६:२८

Leave a Reply