No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युरोपेली सघद्वारा टिकटकलाई ३४ करोड पचास लाख यूरो जरिवाना

0

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाएको जनाएको छ ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ । ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न सुरु गरेको थियो ।

यसले १३ वर्षभन्दा कम उमेरका व्यक्तिहरूको लागि टिकटकको उमेर प्रमाणीकरण उपायहरू पनि हेरेको थियो र कुनै उल्लङ्घन फेला पारेन, तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।

प्रकाशित: ३० भाद्र २०८०, शनिबार ०२:३१

Leave a Reply