No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो अराजकताको अर्को एक खतरनाक उदाहरण हो

0

शारदाप्रसाद त्रिताल ।
मूलीहरुबाटै कानुनको उल्लंघन बढ्दै जानु अराजकतालाई निम्ता दिनु हो । देशमा मूलीहरुबाट कानुनको उल्लंघन गर्ने प्रवृत्ति असाध्यै बढेको छ । कानुन बमोजिम नक्सा पास गराएर मात्र भवनको निर्माण गर्नु सबैको कर्तव्य हो । यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, २८ र ४२ समेतले स्पस्ट व्यवस्था गरेको नै छ । नक्सा पास नगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भवन बनाइको हो भने र त्यही अवस्थामा देशको प्रधानमन्त्रीबाट उद्घाटन समेत भएको हो भने यो अराजकताको अर्को एक खतरनाक उदाहरण हो ।

दर्जनौंको संख्यामा रहेका आसेपासेले के हेर्दा हुन् ? हुन त संविधानकै कतिपय व्यवस्थाको उल्लंघन समेत मूलीहरुबाट भएका अनेकौं उदाहरण देखिएकै हो । उदाहरणका लागि संविधानको बारम्बार उल्लंघन हुने धारा २८४ को उपधारा ३ पनि हो । प्रधान न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरुको सिफारिशसँग सम्बन्धित यस धाराको औचित्य प्रति नै प्रश्न उठ्ने गरेको छ । त्यसो त सरकार गठन सम्बन्धी धाराहरुको पनि बारम्बार उल्लंघन भएर अदालतबाट सच्याइएका अनेकौं उदाहरण छँदैछन् जस्तै संघीय संसदको दुई दुई पटक विघटन र हालै कोशी प्रदेशका दुईटा केश ।

त्यस्तै मूलीहरुबाट बारम्बार उल्लंघन हुने कानुनी व्यवस्था हो जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३० । यो प्रावधान विपरीत बडेहरुलाई विदेशमा गई गरेको उपचारको खर्च दिने गरी मन्त्रिपरिषदले गर्ने गरेका निर्णयहरु पनि कानुन उल्लंघनका डरलाग्दा उदाहरण हुन् । निजामती सेवा ऐनको उल्लंघन त अव गणनामा आउनै छाड्यो । यस्तो प्रवृत्ति बढ्दै जानु देशलाई अराजकताको भुमरीमा फसाउनु हो । यस्ता विषयमा संसदको सम्बन्धित समितिले अनुगमन र छानविन गरी सच्याउनु उचित हुन्थ्यो । तर २०७४ पछिका संसदीय समितिहरु अत्यन्तै कमजोर देखिए । अव सुधार भए हुन्थ्यो भन्ने आशासम्म गर्नै पर्दो रहेछ।

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार ०७:४७

Leave a Reply