No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसिया कप क्रिकेटको उपाधि भारतलाई

0

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो ।

भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

योसँगै भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको हो । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

 

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार १३:११

Leave a Reply