No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाढी प्रभावित लिबियाली शहरमा रोगको जोखिम

0

 

लिबियाको बाढीप्रभावित सहर डेर्नामा एक साताअघि हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले  चेतावनी दिएका छन् ।

गत सेप्टेम्बर १० मा आएको आँधी ‘ड्यानियल’ का कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देशमा आएको भीषण बाढीका कारण तीन हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौँ हराइरहेका थिए ।

हैजा, झाडापखाला, निर्जलीकरण (डिहाइड्रेशन) र कुपोषणको बढ्दो जोखिमका बीच ३० हजार व्यक्ति घरबारविहीन भएका बासिन्दालाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चेतावनी दिएका छन् ।

लिबियास्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसनले भनेको छ, “संयुक्त राष्ट्रसङ्घका नौ वटा निकायका टोली विगत केही दिनदेखि आँधी ड्यानियल र आकस्मिक बाढीबाट प्रभावितहरूलाई सहायता र सहयोग पुर्याइरहेका छन् ।

यसले स्थानीय अधिकारीहरू, सहायता एजेन्सीहरू र संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठनले ‘रोगको प्रकोपको जोखिम, विशेष गरी दूषित पानी र सरसफाइको कमीबाट चिन्तित रहेको’ चेतावनी दिएको छ ।

राष्ट्रसङ्घीय सहायतासम्बन्धी अभियान (यूएनएसएमआईएल)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’यो टोलीले रोगलाई नियन्त्रणमा लिन नदिन र यस क्षेत्रमा दोस्रो विनाशकारी संकट निम्त्याउन नदिन काम गरिरहेको छ ।

तीव्र गतिमा बढिरहेको पानीले डेर्नामा दुई नदीका बाँधहरू फुटायो, जसले गर्दा एक लाख जनसङ्ख्या भएको तटीय शहरको मध्यभागबाट अबेर रातिको ज्वारभाटाको छाल खसेको थियो जसले सम्पूर्ण आवासीय ब्लकहरू भूमध्यसागरमा बगाएको थियो ।

बाल राहत कोष युनिसेफ, शरणार्थी निकाय युएनएचसीआर र विश्व खाद्य कार्यक्रमलगायत संयुक्त राष्ट्रसङ्घका टोलीहरू पनि विगत केही दिनदेखि डेर्ना र आसपासमा पीडितको सहयोगका लागि पुगेका छन् ।

युनिसेफको टोलीले ‘तीन महिनाका लागि १५ हजार मानिसहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह सेवाहरूमा मेडिकल किटहरू’ वितरण गरेको छ भने यूएनएचसीआरले डेर्ना र बेन्गाजीका छ हजार २०० विस्थापित परिवारहरूलाई कम्बल, त्रिपाल र भान्साका उपकरणहरू सहितका सामग्रीहरू वितरण गरेको राष्ट्रसङ्घीय सहायतासम्बन्धी अभियानले जनाएको छ ।

“हालसम्म विश्व खाद्य कार्यक्रममार्फत् पाँच हजारभन्दा बढी घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ, विश्व स्वास्थ्य सङ्गठनबाट चार्टर उडानमार्फत २८ टन स्वास्थ्य सामग्री पठाइएको छ, जसले एम्बुलेन्स र मेडिकल किट्स पनि सहयोग गरेको छ,” उनले भने ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घले डेर्ना र पूर्वी लिबियाका अन्य भागमा आपतकालीन प्रतिकार्यका लागि सात करोड १० लाख अमेरिकी डलरभन्दा बढीको सहायता अपील गरेको थियो ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार ०२:३६

Leave a Reply