No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेखर समूहको भेलाप्रति विश्वप्रकाश असन्तुष्ट

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रका फरक विचारलाई महासमितिको बैठकबाट टुंगो लगाउनुपर्ने बताएका छन् ।

पार्टीका नेता शेखर कोइराला समूहले बैठक बोलाएको सन्दर्भमा सामाजिक संजालमार्फत महामन्त्री शर्माले दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको भन्दै उनले अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय भएको बताएका हुन् ।

उनले यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रति सजग रहेको बताएका छन् । उनले भनेका छन्, ‘काँग्रेसमा विचार समुहहरु र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नुछ । दलहरुमा फरक विचार र विचार समुह हुनु स्वभाविक हो । काँग्रेसमा पनि छ /छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ ! तर अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रती सजग छु /रहनेछु ।’

त्यसैगरी उनले अहिले कांग्रेस कस्तो बन्ने र को बन्ने भन्ने भन्दा पनि समाजको असन्तुष्टि सम्बोधन महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन्, ‘काँग्रेस कस्तो बन्ने र काँग्रेसमा को बन्ने ? भन्दा महत्वपूर्ण प्रश्न– समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नविन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ । महासमितिमार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि ।’

महामन्त्री शर्माले पार्टी पंक्तिमा यतिबेला उर्जा चाहिएको बताका छन् । उनले भनेका छन्, पार्टी पंक्तिमा उर्जा । नागरिकको वितृष्णा चिर्दै नविन विश्वास । ०८२ मा महाधिवेशन सुनिश्चितता । समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री । काँग्रेसमा विचार समूहहरु र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नुछ ।’

प्रकाशित: २ आश्विन २०८०, मंगलवार ०७:२१

Leave a Reply