No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

0

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो ।

पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५–२०, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१५ ले पराजित भयो ।

नेपालले अर्काे खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ । एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् ।

यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् । नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् । कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार ११:५३

Leave a Reply