No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुर्किनाफासोमा जिहादी समूहको आक्रमणमा १६ सर्वसाधारणको मृत्यु

0

बुर्किना फासोमा सन्दिग्ध जिहादीसमूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी सेनाका चार सहयोगीसहित १६ सर्वसाधारणको मृत्यु भएको छ ।
बुर्किनाको मध्य–पूर्वी क्षेत्रमा पर्ने कोल्पोन्गोमा मङ्गलबार भएको झडपमा परी १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुरक्षा स्रोतले पनि आक्रमण र मृतकको सङ्ख्या पुष्टि गरेको छ ।

सोही दिन अशान्त पश्चिम अफ्रिकी देश बुर्किनाफासोको पश्चिममा रहेको सिरासोमा ‘आतङ्ककारी समूहहरूले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको’ सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार यी दुई आक्रमणको जवाफमा सेनाले चलाएको जवाफी कारबाहीमा करिब एक दर्जन ‘आतङ्ककारी’ पनि मारिएका छन् ।

जिहादीविरुद्धको लडाइँमा सेनालाई सहयोग गर्ने ‘द भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड’ एक नागरिक स्वयंसेवक बल हो । बुर्किना फासोले सन् २०१५ मा छिमेकी देश मालीबाट आएको जिहादी विद्रोहविरुद्ध लडिरहेको छ ।

गत हप्ता देशको उत्तरी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविरमा भएको आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो ।

बुर्किना फासोमा जिहादी आक्रमणमा परी १७ हजारभन्दा बढी सर्वसाधारण र सैनिकको मृत्यु भएको ‘सशस्त्र द्वन्द्व व्यवस्थापन तथा घटना तथ्याङ्क परियोजना’ नामक गैरसरकारी संस्थाले जनाएको छ ।

देशभित्र २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले गर्दा यो अफ्रिकाको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटमध्ये एक हो ।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार १५:२२

Leave a Reply