No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

0

काठमाडौं ।  पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । काठमाडौंको वीर अस्पताललमा क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टको गएराति निधन भएको हो ।

राति साढे दश बजे अस्पतालमै उनको निधन भएको भतिज पुष्प भट्टले जानकारी दिएका छन् । उनलाई गणतन्त्रका सेनानी पनि भनिन्थ्यो । रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबारअगाडि बम विस्फोट गराएको थियो ।

मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये एक हुन् ।

उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए ।

उनी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सुरुमा कांग्रेस पृष्ठभूमिका उनले २०३० सालतिर रामराजाप्रसाद प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा निर्माण गरेका थिए । तर उनी २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्केका थिए ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार ०३:२९

Leave a Reply