No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अभिनेतृ उषा रजकलाई झस्काउने १७ वर्षअघिको त्यो घटना

0

काठमाडौँ । अभिनेत्री उषा रजकले अनुप बरालमाथि नेपोटिजम गरेको आरोप लगाएकी छिन् । शुक्रबार सामाजिक संजालमार्फत रजकले बरालले शिक्षालय खोलेर नेपोटिजम र फेबरिजम मात्र गरेको आरोप लगाएकी हुन् ।

उनले यही कारणले निर्माण टिमले फाइनल गरेको ‘कागबेनी’ फिल्मको भूमिकामा आफू छानिए पनि अनुप बरालले निर्माण टिमलाई प्रभावमा पारेर दीया मास्केलाई दिएको आरोप लगाएकी छिन् ।

यस्तो छ उषा रजकको भनाई
एक्टर्स स्टुडियोको पहिलो व्याचको विद्यार्थी म । १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरिति कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारीभाषा यस्तो छैन ।

२००६ः एक्टर स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भुषण दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मंग्राती थियौं अडिसनमा । कुरा ‘कागबेनी’, नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ ।

यो कुराको न त मसँँ प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि उहाँले अनुप सरको प्रेसरमा आएर उहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, उहाँ नर्भस् हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे ।

किन अहिले मात्र बोलिएको त उषा ?:  त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो ।

कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर‘एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा nepotism, ‘favoristim’ किन? मैले Actors स्टुडियो का धेरै विद्यार्थीले पछाडि–पछाडि यो कुरा भनेको सुनेको छु । तर बिरालोको घाँटीमा कसले घन्टी बाँध्ने ?

अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझैपनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दुषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल ।

यति भन्दा भन्दै, मलाई कसै प्रति रिस छैन । अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैंमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होलाः कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु । यति भन्दा भन्दै, मैले कसै माथि कुनै बेला जानी–नजानी अन्याय, धोका, अपमान गरेकी छु भनी भन्नुहोला । सच्याउने मौका सबैले पाउनुपर्छ । शायद यो सबै भन्ने म गलत पनि होला ।
अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदुषित ? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निस्पक्ष कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।

कुरा प्रकाश फिल्मकोः चलचित्र अवार्ड प्रति मेरो आस्था छ । एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु । हिजो आर्टिकल पढेंः बेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु । चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकी अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दुःख हुन्छ भनेर । सबैको भलो होस् ! जय नेपाली सिनेमा !

 

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार १०:२१

Leave a Reply