No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

0

ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी एकसय भन्दाबढी घाइते भएका पिङटुङ काउन्टी सरकारले जानकारी गराएको छ ।

आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीन जना हराइरहेका छन् । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण गरी मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताइन् ।

राष्ट्रपति साईले आपतकालीन प्रतिक्रिया कर्मचारीहरूलाई सङ्केत गर्दै भनिन्, ‘म सबैलाई उनीहरूको कडा परिश्रमको लागि धन्यवाद दिन चाहन्छु र सुरक्षित रहेर उद्धारमा खटिन निर्देशन दिन्छु ।’

पिङटुङ फायर डिपार्टमेन्टका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार कारखानाभित्र भण्डारण गरिएको रासायनिक पेरोक्साइडका कारण एउटा ठूलो र धेरै साना विस्फोट भएको हुन सक्छ । विस्फोटका कारण कारखानाको छतको एक भाग ढलेको थियो जसका कारण धेरै मानिस भित्र फसेका थिए ।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार १३:०२

Leave a Reply