No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनको आक्रमणमा रुसी नौ सेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौंको मृत्यु

0

युक्रेनले रूसकोे क्रिमियास्थित ‘ब्ल्याक सी’ क्षेत्रको मुख्यालयनजिकै भएको क्षेप्यास्त्र आक्रमणमा रूसी नौसेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौँ व्यक्तिको हताहत भएको जनाएको छ ।

झापोरिझिया क्षेत्रमा भएको कीएभको सफलतामा युक्रेनी जनरलले जवाफी आक्रमणको नेतृत्व गरिरहेका छन् । जनरल ओलेक्सान्डर टार्नाभस्कीले भर्बोभ गाउँ नजिकैको बायाँ लहरमा सफलता मिलेको बताए । युक्रेनले गत जुनदेखि रूसी सेनाको कब्जाबाट युद्धमा गुमेको भूमि फिर्ता लिन प्रतिकार सुरु गरेको थियो ।

कीएभले हालैका हप्ताहरूमा झापोरिझिया क्षेत्रमा रणनीतिक सफलता प्राप्त गरेको छ । गत महिना कीएभले दक्षिणी गाउँ रोबोटाइनलाई पुनः कब्जामा लिएर रणनीतिक विजय हासिल गरेको घोषणा गरेको थियो ।

आक्रमणको सुरुवातमा रूसी सेनाको कब्जामा परेको टोकमक शहरलाई कीएभले कब्जामा लिएमा यो यूक्रेनका लागि ठूलो सफलता प्राप्त हुने टार्नाभस्कीले बताए ।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार ०१:५३

Leave a Reply