No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सोमालियामा आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

0

मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए ।

उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल र स्वास्थ्य टोलीहरू मैदानमा रहेको पनि बताएका छन् । अलसोले घरहरू र व्यापारिक केन्द्रहरू ध्वस्त भएका बताएका छन् । ती घर भित्रका बासिन्दाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् भने केही शव फेला परेका छन् ।

घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या ३० सम्म पुग्न सक्ने बताइएको छ । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्दछ ।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार ०१:५९

Leave a Reply