No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विवाह समारोहमा भएको आगलागीमा परी इराकमा कम्तीमा एकसय जनाको मृत्यु

0

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन, तर प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइरहेको देखाएको छ, र स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम हल जलेको अवशेषहरू देखाउँछन् ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार ०२:५४

Leave a Reply