No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुनसरी मालपोतका नासु र खरिदार एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

0

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार ११:५८

Leave a Reply