No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

समाजवादी मोर्चालाई सरकार चलाउन दिएर मन्त्री फिर्ता बोलाऔंः महामन्त्री थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सरकार चलाउने जिम्मा दिन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस रुपान्तरण अभियान बागमतीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई सरकार चलाउन जिम्मा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायम राखी मन्त्री मात्र फिर्ता बोलाउनुपर्ने बताए । उनले भने, ‘अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस् त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ । त्यसपछि भएन भने कांग्रेसले गरेन भन्न मिल्छ ।’ महामन्त्री थापाले २०८४ को चुनावमा कांग्रेसले गठबन्धन नगर्नेसमेत बताए ।

उनले भने, ‘८४ मा चुनावी गठबन्धन हुँदै हुँदैन । कांग्रेसभित्र कुरै गर्न पाउँदैन ।’ उनले गठबन्धन गर्दा डेमोक्रेसीको आत्मा मारेको टिप्पणी गरे । महामन्त्री थापाले अहिलेको प्रदेशको काम नभएको समेत बताए ।

उनले भने, ‘प्रदेश कामकाजी छैन । हामीले कानुन बनाएका छैनौँ । कार्यालय राखिदिएका छौँ । पंगु बनाइदिएका छौँ । मुख्यमन्त्री माओवादीले सरकार ढाल्ने भयो बनेर मन्त्रालय फुटाउन के गर्ने भनेर काठमाडौंमा हुनुहुन्छ रे । म खोजिरहेको छु । हिजो केन्द्रीय समितिबाट निर्णय गरेका होइनौँ ? यस्ता मुख्यमन्त्री गए जाओस् तर मन्त्रालय थप्दिन भन्न सक्नुपर्छ ।’

प्रकाशित: १४ आश्विन २०८०, आईतवार १२:५६

Leave a Reply