No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अभिनेता अनमोल केसी रिहा

0

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई आइतबार हाजिरी जमानीमा छाडेको हो । शुक्रबार साँझ आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आइतबार सम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ ।

उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको जानकारी दिएका थिए ।

तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातामा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका थिए ।

प्रकाशित: १४ आश्विन २०८०, आईतवार १५:४४

Leave a Reply