No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यूरोप प्रवेश गर्न खोज्ने ६ सय आप्रवासी सेनेगलमा रोकिए

0

सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६ सयभन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ । नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २ सय ६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा लिएको हो ।

नौसेनाले शुक्रबार २ सय ७२ र एक दिन अघि ७१ यात्रु बोकेको डुङ्गा रोकेको थियो । सेनेगलको नौसेनाले हालैका हप्ताहरूमा अवैध आप्रवासीहरूलाई लक्षित गरी बोर्डिङ र उद्धार कार्यलाई तीव्र बनाएको छ ।

सेनेगलले जुलाई १ देखि हालसम्म एक हजार ९५५ आप्रवासीलाई रोकेको सामाजिक सञ्जालमा प्रकाशित जानकारीमा उल्लेख छ । जुलाईको अन्त्यमा, सेनेगलको सरकारले पश्चिम अफ्रिकी देशबाट अनियमित आप्रवासनलाई घरेलु र बाह्य वित्तपोषणको साथ सामना गर्न १० वर्षको योजना प्रस्तुत गरेको थियो ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०२:१२

Leave a Reply