No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

0

उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इलले जारी गरेको विज्ञप्तिमा अमेरिकाको आलोचना गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले उदृत गरेका छन् ।

उत्तर कोरियाका उपविदेशमन्त्री इलले उत्तर कोरिया र रूसबीचको सम्बन्धको विकासप्रति अमेरिकाको शत्रुता र दुई देशबीचको द्विपक्षीय सहयोगले विश्व शान्ति र सुरक्षाका लागि खतरा उत्पन्न गरेको भन्दै आलोचना गरेका हुन् ।

शीतयुद्ध शैलीको मुठभेडको तर्कमा आधारित अमेरिकी आधिपत्यमुखी सोचको ज्वलन्त अभिव्यक्ति अमेरिकी वक्तव्यबाजी भएको उनले बताए ।

वक्तव्यमा अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सैन्य गठबन्धन र नेटोको निन्दा गर्दै दुवैलाई ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय व्यवस्थालाई खतरामा पार्ने र विश्व शान्ति र सुरक्षाका लागि गम्भीर खतरा खडा गर्ने क्यान्सरजस्ता संस्था’ को संज्ञा दिइएको छ ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०२:१४

Leave a Reply