No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डजी अराजक बन्नुभयोः शेखर कोइराला

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय राजनीति गरेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई अब कांग्रेसले बेहोरिरहनु पर्ने आवश्यकता नभएको बताएका हुन् ।

उनले जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई कांग्रेसले किन बोक्ने भन्दै प्रश्न गरे । कोइरालाले नेपालमा प्रचण्डले चाहेजस्तो जातीय राज्य सम्भव नभएको पनि बताए । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अराजक बनेको भन्दै कोइरालाले अब उहाँलाई प्रधानमन्त्री मान्न नसकिने बताए ।

उनले भने,’गोरखाबाटै निर्वाचित भएका प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष ?’

कोइरालाले प्रधानमन्त्रीजस्तो पदमा रहेको व्यक्तिले गैरजिम्मेवार तरिकाले बोल्न नमिल्ने बताए । उनको प्रश्न थियो, ‘उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्, म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तीबाट जातीय राज्य निकालेर दिने हो ?’

प्रकाशित: २० आश्विन २०८०, शनिबार ०५:२६

Leave a Reply