No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको विजयी सुरुवात

0

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो ।

यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । रोहितले अविजित ५१ रनको अर्धसतकिय पारी खेले भने दिपेन्द्र ३४ रनमा अविजित रहे ।

त्यस्तै आशिफ शेखले २३ रनको योगदान गर्दा कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाउँदै पेभिलियन फर्किएक थिए । युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार ११:०४

Leave a Reply