No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सञ्चय कोष र नागरिक लगानी कोषलाई निगमले तिर्‍यो ५३ करोड

0

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको त्रैमासिक किस्ता तिरेको छ ।

यो आर्थिक वर्षको पहिलो त्रैमासिक किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ मंगलबार तिरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले दुई वटा न्यारोबडी जहाजको त्रैमासिक किस्ता पूरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।

निगमले जहाज किन्दा लिएको ऋणको किस्ताबापत गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको थियो । ७ वर्षअघि लिएको ऋणको किस्ता चुक्ता गर्न नसकेको निगम आन्तरिक उडानका लागि थप ३ वटा जहाज खरिद गर्नतिर लागेको छ। निगमले ३ वटा साना जहाज आफ्नै स्रोतबाट किन्न लागेको बताएको छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार १२:२३

Leave a Reply