No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्राधिकरणद्वारा जेठदेखि असोजसम्म ११ अर्ब ८० करोडको विजुली बिक्री

0

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतमा निर्यात गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठको पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो।

त्यतिखेरको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो । साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

साउन, भदौ र असोजमा निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रति युनिट क्रमश: ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा छ।

विद्युत् निर्यातबाट दुई देशबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री गर्न थालेको थियो ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार १३:३८

Leave a Reply