No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म्यूजिक भिडियोको क्षेत्रलाई चलचित्र विकास बोर्डअन्तर्गत राख्न माग

0

काठमाडौं । नेपाल म्यूजिक भिडियो निर्देशक समाजले सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन पत्र बुझाएको छ । कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डे कोषाध्यक्ष बबिता श्रेष्ठ (मलेकु ) सहसचिव समन अधिकारी सदस्य कृष्ण रुपाखेती, देवेन्द्र कुँवर, देवराज आचार्य साधारण सदस्य काजिश श्रेष्ठ कलाकार रामेश्वर बुर्लाकोटी वरिष्ठ निर्देशक प्रकाश भट्ट लगायतले सुचना तथा सञ्चार प्रविधि मन्त्री शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा म्यूजिक भिडियोलाइ हेर्ने राज्यको कुनै निकाय नभएको चलचित्रको कुनैपनि परिभाषामा नपरेको जानकारी गराउदै म्यूजिक भिडियोलाई चलचित्र विकास बोर्ड अन्तर्गत समेटिनु पर्छ र चलचित्र विकाश बोर्डबाट म्यूजिक भिडियोको यस क्षेत्रलाइ नियमन गर्न जरुरी भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै यस बिषयलाइ ऐनमै राखेर लानुपर्ने बिषय भएकोले एकदमै सही र हुनैपर्ने बिषयबस्तु रहेको भन्दै पहल गर्ने बताइन् । समाजका पदाधिकारीले म्यूजिक भिडियोको क्षेत्रलाई चलचित्र विकास बोर्डअन्तर्गत राख्न माग गरेका हुन् ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार ०१:१७

Leave a Reply