No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तीन वटा ट्वीनटर जहाज खरिदका लागि निगमद्वारा बोलपत्र आह्वान

0

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ । आइतबार प्रकाशित गरिएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिद प्रक्रिया अघि बढाएको जानकारी दिए । हाल निगमसँग आन्तरिक उडानमा दुई वटा ट्वीनअटर मात्र छन् ।

प्रकाशित: ५ कार्तिक २०८०, आईतवार ०४:४५

Leave a Reply