No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिकोणात्मक टी-२० को उपाधिका लागि नेपाल र यूएई भिड्ने

0

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

युएईले निर्धारित २० ओभरमा १३५ रन कटाउनु पर्ने थियो । युएईले १९.३ ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । सोही रन कटाउँदा रनरेटमा युएई अगाडि रहेर फाइनलमा स्थान बनाएको हो । २१३ रनको लक्ष्य पछ्याएको युएईको सुरुवात राम्रो नभए पनि १३५ रन बोर्डमा भने लगाउन सफल भयो । फाइनल खेल शुक्रबार कीर्तिपुर मैदानमा विहान ११ बजेदेखि सुरुहुने छ ।

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार ११:१०

Leave a Reply