No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यानद्वारा टी-२० विश्वकप छनोटको टोली घोषणा, सन्दीप पनि समावेश

0

काठमाडौं । टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन् । यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ ।

टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।

प्रकाशित: ११ कार्तिक २०८०, शनिबार ०३:१२

Leave a Reply