No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यसकारण शान्ति प्रक्रियामा राष्ट्रसङ्घलाई ल्याउन चाहन्छन् प्रचण्ड

0

केशवप्रसाद भट्टराई ।

सन् २००६ /०७ –२०११ मा अनमिन United Nations Mission Nepal (UNMIN)को द्वैध शासन थियो नेपलमा । प्रचण्ड आफैंले करिव सात हजार आफ्ना लडाकुको सङ्ख्या बढाएर अनमिन सामू ३५ हजारको सङ्ख्या पेश गरेको बताएका थिए र अनमिनले २० हजारको सङ्ख्यालाई मान्यता दिएको थियो र सोही सङ्ख्याका लडाकुलाई नेपाल सरकारको तर्फबाट एकमुष्ट रकम प्रचण्डलाई उपलव्ध गराएको थियो । नेपालका सडकमा यत्रतत्र नीला प्लेटका सूँड पसारेका अनमिनका गाडी घुमेका घुम्यै हुन्थे । वामपन्थी रुझान भएका ब्रिटिस नागरिक इयान मार्टिन राष्ट्रसङ्घको प्रतिनिधिको रूपमा संसारका सबैजसो द्वन्द्वग्रस्त मुलुकमा खटिएका व्यक्ति हुन् र उनी खटिएका सबैजसो स्थानमा उनले द्वन्द्व समाप्त पार्नमा भन्दा द्वन्द्वको विजलाई सुरक्षित राखिरहन नै सघाए ।

कुनै न कुनै स्तरको द्वन्द्व कायम रहन सहयोग गर्ने, एक किसिमले विभाजन र विखण्डनको स्थिति निर्माण गरिदिने र आफ्नो उपस्थितिको औचित्य देखाइरहने । मार्टिन पहिला नेपालमा राष्ट्र संघीय मानव अधिकार आयोगको प्रमुखको रूपमा कार्यरत थिए । नेपालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अवधिमा हामी जता थुनामा परेपनि इयान मार्टिन पुगेका हुन्थे । केही युरोपियन मुलुकका राजदुत र इयान मार्टिन नियमित रूपमा आन्दोलनकारी संगठन र संस्थाका नेतृत्वहरूलाई भेटिरहेका हुन्थे र आफ्नो सहयोग र समर्थन व्यक्त गरिरहेका हुन्थे ।

शान्ति सम्झौता पछि अनमिन र इयान मार्टिनले प्रचण्ड र माओवादीलाई गरेको प्रत्यक्ष /परोक्ष सहयोग र समर्थन झल्झली सम्झिरहेका प्रचण्डले फेरि अनमिन जस्तो संस्था नेपालमा ल्याउने । राष्ट्रसङ्घ आएपछि नेपालका असहमत पक्ष पनि मौन रहने, राष्ट्रसङ्घ र अनमिन जस्तै संस्था नै संलग्न रहेर एउटा पक्षलाई लाभ पुग्ने गरी निर्णय गराउँदै जाने प्रचण्डजीले सरकारमा रहेर तिनैको सिफारिशको आधारमा काम गर्दै जाने, गज्जबको रणनीति बनाउनु भएको छ प्रचण्डले । त्यही रणनीति सफल बनाउन १२ वर्ष अघि नेपालको आन्तरिक राजनीतिमा बढी हस्तक्षेप गरेको, माओवादीलाई विशेष लाभ पुर्याएको ठहर गरेर एमाले र काङ्ग्रेसको जोडबलमा माधव नेपाल सरकारले अनमिनलाई बिदा गरेको थियो । अहिले काङ्ग्रेस र माधव नेपाल ??? स्मरण रहोस् स्वयम् राष्ट्र सङ्घका महासचिव पनि वामपन्थी रुझानकै व्यक्ति हुनुहुन्छ ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार ०३:४६

Leave a Reply