No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशीमा एकीकृत समाजवादीबाट जगेबु र माओवादीबाट उप्रेती मन्त्री नियुक्त

0

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूलाई शुक्रबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । एमालेको विरोधका बाबजुद कार्कीले मन्त्री नियुक्त गरेका हुन् । एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने बताउँदै आएको थियो ।

उसले कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । कोशी सरकारमा एमालेका राम राना मन्त्री छन् ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार १३:०७

Leave a Reply