No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

0

काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी घाइते भएका सबैको नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो । त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको छ ।

साथै घाइतेहरुको उद्दार लगभग सकिएकाले अब पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज र आर्थिक सहयोगबारे छलफल चलेपनि निर्णय हुन बाँकी रहेको बताए। उनले २०७२ मा प्रति परिवार ३ लाख राहत घोषणा गरेकाले त्यसमा केही थप हुने सम्भावना रहेको जानकारी दिए ।

यस्तै बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार ०४:२२

Leave a Reply