No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पपीडितका लागि २५ लाख सरकारी कोषमा जम्मा गर्ने राप्रपाको निर्णय

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

यसका लागि राप्रपाका संघीय सांसद र प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब लिइने राप्रपाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न जाजरकोट जिल्लाका लागि सांसद ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि राप्रपाले गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार ०७:५१

Leave a Reply