No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

छोरीलाई ‘बन्धक’ बनाएर जर्मनको ह्याम्बर्ग विमानस्थलमा उडान सेवा अवरोध गर्ने एक व्यक्तिद्वारा प्रहरीसँग आत्मसमर्पण

0

आफ्नो चार वर्षीया छोरीलाई ‘बन्धक’ बनाएर ह्याम्बर्ग विमानस्थलमा उडान स्थगन गर्ने एक सशस्त्र बाबुले घन्टौंको वार्तापछि ‘बिना कुनै प्रतिरोध’ आत्मसमर्पण गरेका जर्मन प्रहरीले जनाएको छ ।

पौतीस वर्षीय ती व्यक्तिले शनिबार साँझ टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेकी छोरीलाई जहाजमा राखेर घर लान पाउने माग गरेका थिए । छोरीलाई आमासँग हिरासतमा राख्नेबारे विवाद भएपछि जहाजमा चढ्न दिन माग गर्दै अवरोध गरेका थिए ।

प्रहरीका अनुसार उनले आफ्नो कार सुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर दुई राउण्ड हवाई फायर गरेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए ।

प्रहरीले उत्तरी जर्मनीको विमानस्थलमा मनोवैज्ञानिक, वार्ताकारको टोली का साथै र्यापिड रेस्पोन्स युनिटहरू पनि ल्याएको थियो । अधिकारीहरुका अनुसार बच्चाको आमा हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०२:१२

Leave a Reply