No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन कार्यक्रम स्थगित

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनप्रदर्शन स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नेता देव गुरूङले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने निर्णय भएको जानकारी दिए । उनले भूकम्पमा जनधनको धेरै क्षति भएको र यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको बताए ।

माओवादीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोधको विषयलाई लिएर काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । माओवादीले जनप्रदर्शन गर्ने घोषणा गरेपछि आलोचना भइरहेको थियो ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०७:१७

Leave a Reply