No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

0

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको विश्वासको मत कायमै रहेको बताए । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एकएक जना मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०७:३७

Leave a Reply