No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महानगरले विपन्नलाई सुत्केरी खर्च १० हजार र किरिया खर्च २० हजार उपलब्ध गराउने

0

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगर प्रमुख बालेन साहले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ नारासहित महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि सो योजना कार्यान्वयनमा ल्याएको बताएका हुन् ।

यो योजनाको उद्देश्य महानगरका सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने रहेको उनले बताएका छन् । सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन, किरिया खर्चको अभावमा संस्कार छोड्ने अवस्था सिर्जना नगर्न, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस हुन नदिन यो कार्यक्रम ल्याएको उनले बताए ।

उनले भने, ‘तपाईंका यस्ता समस्यामा हामी साथ दिन्छौं। तपाईं काठमाडौं महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला ।’

मेयर साहकाअनुसार विपन्न र किरिया खर्च आवश्यक भएकालाई महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउनेछ। महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०८:५९

Leave a Reply