No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसले गरेको क्षतिकाबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा धेरै घाइतेका छन् । त्यस्तै अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार ०४:२२

Leave a Reply