No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तपाईं शीर्ष नेताहरूले अब सक्रिय राजनीतिबाट विश्राम लिदिनुस्ः गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकप्रति टिप्पणी गर्दै महामन्त्री थापाले यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरुले निभएको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

उनले अब शीर्ष नेताले सक्रिय राजनीतिबाट लिए यो व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू(शीर्ष नेता ) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो । मैले भन्दै आएको छु, फेरि भन्छु–’तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन। यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ । र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार १५:४७

Leave a Reply