No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भन्दै रविले दिए सरकारलाई १४ सुझाव

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्याबारे जानकारी गराएका छन् ।

बुधबार प्रधानमन्त्रीलाई भेटेर सभापति लाछिानेले प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका छन् । सभापति लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको बताएका छन् ।

यसैगरी भूकम्प प्रभावित जनता आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको देखिएको भन्दै उनले यसले उनीहरू निराश भएको देखिएको उल्लेख गरेका छन् । उनले सरकार जनताको अभिभावक सरकार भएको स्मरण गराउँदै आमजनसमुदायमा सरकार रहेको प्रत्याभूति दिलाउन उपयुक्त कदम चाल्न आग्रह गरेका छन् । उनले राहत सामग्री वितरणमा एकरुपता नभएको पनि बताएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरु राख्ने प्रतिबद्धता जनाएका छन् । सभापति लामिछानेले ’परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’भन्दा प्रधानमन्त्री दाहाल गम्भीर भएका थिए ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार ०६:०९

Leave a Reply