No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्प पीडितका लागि चीनबाट आएको करिव ३० करोडको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

0

पोखरा । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत चेन सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामाग्री बुझेका छन् ।

बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएको झन्डै ३० करोड मूल्य बराबरको सामग्री राजदूत सोङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । राहत बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरेका छन् ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सोङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सी जिनपिङले समेत पत्र पठाएर त्यो समवेदना जाहेर गरेको उल्लेख गरे ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय थान टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय थान टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार थान लामखुट्टे मार्ने औषधि छन्। आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार ०६:४९

Leave a Reply