No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘चित्रा’को ‘नजरैको हानाहान’

0

काठमाडौँ । चलचित्र ‘चित्रा’को ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर रहेको छ।

गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतको भिडियोमा कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्का अभिनित छन् । घनश्याम लामिछाने निर्देशित चलचित्र आगामी पुस २७ मा प्रदर्शन हुनेछ। चलचित्रमा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, सिम्रन खड्का, आयुशी ढकाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

अजय अधिकारीको कथा रहेको फिल्ममा मनिश गौतमको पटकथा तथा संवाद छ। महेश पौडेलले छायांकन गरेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन् । चलचित्रका निर्माता आशिष थापा मगर हुन् ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार ०७:१९

Leave a Reply