No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाजा युद्धविराम र बन्धकको रिहाई गर्न कतारद्वारा मध्यस्थता

0

छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको सम्भावित रिहाईका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको छ ।

‘एक वा दुई दिनको युद्धविरामको बदलामा १०–१५ जना बन्धकको रिहाईका लागि अमेरिकासँगको समन्वयमा कतारी नागरिकको मध्यस्थतामा वार्ता जारी छ,’ वार्ताको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको आक्रमणमा एक हजार ४०० भन्दा बढीको मृत्यु हुनुका साथै २४० भन्दा बढीलाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् ।

गाजामा इजरायलको जवाफी कारबाहीमा १० हजार ५६९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारले हमासको कब्जामा रहेका चार जना बन्धक (दुई इजरायली र दुई अमेरिकी) लाई हालैका हप्ताहरूमा सुपुर्दगी गर्न वार्ता गर्दै तीव्र कूटनीतिमा संलग्न रहेको छ ।

धनी खाडी राष्ट्र कतार प्यालेस्टिनी मुद्दाको कट्टर समर्थक रहेको छ र गाजाको इस्लामी शासकहरू हमाससँग सञ्चारको खुला च्यानलहरू छन् ।

मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा रहेको कतारमा हमासको राजनीतिक कार्यालय पनि छ र यो उसको स्वनिर्वासित नेता इस्माइल हनियेहको मुख्य निवास पनि हो ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार १५:४८

Leave a Reply