No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनसँग ईयू सदस्यताको औपचारिक वार्ता सुरु गर्न ब्रसेल्सको सिफारिस

0

युरोपेली सङ्घ (ईयू) को कार्यकारी शाखा, ब्रसेल्सले सदस्य राष्ट्रहरूलाई युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता गर्न र जर्जियालाई उम्मेदवारको दर्जा दिन सिफारिस गरेको छ ।

यो घोषणा रूसको आक्रमणको सामना गर्न कीभको लागि समर्थनको एक महत्वपूर्ण आधार भएको छ । यद्यपि, यस निर्णयमा ईयूका २७ नेताले डिसेम्बरमा हुने शिखर सम्मेलनको निर्णयमा हस्ताक्षर गर्न बाँकी छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले परिषदलाई युक्रेन र मोल्दोभासँग विलय वार्ता खोल्न सिफारिस गरेकी छन् ।

युक्रेन र मोल्डोभाले औपचारिक रूपमा सुरु हुने मिति तोक्नुअघि नै थप सुधारको काम पूरा गर्नुपर्ने उनले बताइन् । उनले आफ्नो कार्यपालिकाले मार्च २०२४ मा प्रगतिको बारेमा अद्यावधिक जारी गर्ने बताएकी छन् ।

त्यस समयमा आयोगले वार्ता सुरु हुनुअघि भ्रष्टाचार नियन्त्रण र कुलीन वर्गको शक्तिलाई नियन्त्रण गर्नेलगायत सात वटा सुधारका मापदण्ड पूरा गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार ०२:०६

Leave a Reply