No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुर्लभ हिरा चार करोड डलरमा बिक्री

0

स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज् लिलाम घरले एउटा एकदमै दुर्लभ प्रकृतिको निलो रङ्गको हिरा चार करोड डलरमा बिक्री गरेको छ । औँठीमा जडिएको र लाम्चो नासपाती फलको जस्तो आकार भएको त्यो १७.६१ क्यारट तौल भएको ब्लू रोएल डायमन्ड नामक हिरा ४३. ८ मिलिअन डलरमा खरिदबिक्री भएको थियो ।

क्रिस्टिजले भनेको छ, ‘लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो निलो रङ्ग भएको त्यो सबैभन्दा ठूलो जुवाहरात हो ।’

वर्षौदेखि एउटा निजी सङ्कलनमा रहेको उक्त हिरा लिलाम बढाबढ गरेर बिक्री गरिएको भने यो पहिलो पटक हो । लिलाम घरले एक वक्तव्य जारी गर्दै खानीबाट उत्खनन् गरिएको त्यो सबैभन्दा दुर्लभ हिरामध्येको एक भएको जनाएको छ ।

क्रिस्टिजले लिलाम घरको २५० वर्षे इतिहासमा ‘फ्यान्सी भिभिड ब्लू डायमन्ड’ प्रकृतिको र दश क्यारटभन्दा माथिको तौल भएको जम्मा तीन वटा हिरा मात्र बिक्रीमा आएका बताएको छ । क्रिस्टिजका अनुसार सन् २०१६ मा ओपनहाइमर ब्लू नामको १४. ६२ क्यारटको त्यस्तो हिरा पाँच करोड सत्तरी लाख डलरमा बिक्री भएको थियो ।

जेनेभामा क्रिस्टिजको गहना विभागका प्रमुख म्याक्स फअसेटले उक्त लिलाम घरले सन् २०२३ मा संसारभरी बिक्री गरेको मध्ये त्यो नै ‘सबैभन्दा महङ्गो गहना भएकोले आफूहरू एकदमै खुसी भएको’ बताएका छन् ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार ०३:०६

Leave a Reply