No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने जर्मन सरकारको घोषणा

0

जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् ।

चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भने, “सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ । यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ ।”

सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १.५३७ सेन्ट प्रति किलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रति किलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार १४:३२

Leave a Reply