No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहकारी सम्बन्धी कानुनहरु बनेपनि कार्यान्वनमा नआएको सभामुखको गुनासो

0

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी सम्वन्धी कानुनहरु बनेपनि कार्यान्वनमा नआएको गुनासो गरेका छन् । शुक्रबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले सहकारीको माध्यमबाट देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने भएपनि केही सहकारीले बदमासी गर्दा सबै सहकारी मारमा परेको बताए ।

स्थापनाकालदेखि नै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुको विकास र प्रवर्धनका लागि तालिम, शिक्षा, गोष्ठी, अन्तरलगानी लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको अध्यक्ष रामहरि बजागाईंले बताए । संघले सीमित श्रोत र साधनको अधिकतम उपयोग गरी समयानुकाल प्रविधिको प्रयोग गरी सदस्यहरुमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार १६:११

Leave a Reply