No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग

0

काठमाडौं । गोर्खा ब्रुअरी प्रालिले भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए।

डीएमडी सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्ट रहेको बताए । उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

गोर्खा ब्रुअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो र यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छन् । यसले देशमा आफ्नो महत्वपूर्ण आर्थिक र सामाजिक योगदानलाई सङ्केत गर्दै नेपालको शीर्ष पाँच उच्च कर तिर्ने कर्पोरेशनहरू मध्ये एक भएको गौरव प्राप्त गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार १८:२३

Leave a Reply